संस्कृत-शब्दकोशः

वेथ् वेदक

वेद

वेदः (पुंलिङ्ग)


निष्पत्ति− विद्लृ (लाभे) - "घञ्" (३-३-१२१)
व्युत्पत्ति− शास्त्राणि विन्दति प्राप्नुवन्ति अस्मिन्
प्रयोग− "वेदो वेदविदव्यङ्गो वेदान्तो वेदवित्कविः"
उल्लेख− वि० स०
विस्तार− "सङ्कर्षणत्वे शास्त्रार्थप्रदत्वात् वेद ईरितः" - निरुक्तिः

अर्थ−
१. विष्णु,
२. कुशको मुठा,
३. यज्ञाङ्ग,
४. वृत्त,
५. वित्त/धन,
६. कुशको वटु,
७.चारको सङ्ख्या बझाउने शब्द,
८.असली र वास्तविक ज्ञान,
९. सनातनी आर्यहरूको सबैभन्दा मुख्य र महान् धार्मिक ग्रन्थ, जसलाई अनादि र ॐकार रूप परमात्माबाट प्रकट भएको मानिन्छ । सुरुमा वेद एउटै थियो र पछि वेद व्यासले चार भाग लगाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद नाम राखे । तन्त्रअनुसार वेद यामलबाट नै उत्पन्न भयो, जसमध्ये ब्रह्मयामलबाट सामवेद, रुद्रयामलबाट ऋग्वेद, विष्णु यामलबाट यजुर्वेद र शक्ति यामलबाट अथर्ववेद निस्के ।

“ब्रह्मयामलसम्भूतः सामवेदो मतः शिवे ॥
रुद्रयामलसञ्जात ऋग्वेदः परमो महान् ॥
विष्णुयामलसम्भूतो यजुर्वेदः कुलेश्वरि ॥
शक्तियामलसम्भूतस्त्वथर्वा परमो महान् ॥”

(पुरश्चर्यार्णव) । उक्त चार वेदको स्वरूप र वर्णन तत्तत् शब्दमा हेर्नु, जस्तै - ऋग्वेदको - ‘ऋग्वेद’शब्दमा इत्यादि । चार वेदको चार शक्ति (पत्नी) छन् - ऋग्वेदकी - ‘ईति’, युजुर्वेदकी - ‘धृति’, सामवेदकी - ‘शिवा’ र अथर्ववेदकी – ‘शक्ति’

“इतिधृतिः शिवा शक्तिश्चतस्त्रो वेदयोषितः ॥”

(आ.सु.) । वेदका छ भाग छन् - मन्त्रसंहिता, ब्राह्मणग्रन्थ, आरण्यक, सूत्रग्रन्थ, प्रातिशाख्य, अनुक्रमणी । वेदमन्त्रको सबैभन्दा धीमास्वर - ‘प्रथमस्वानः’, वेद पढ्न विधिपूर्वक आरम्भ गर्नु - ‘उपाकर्म’, वेद पढ्दा मुखबाट निस्केको छिटो - ‘ब्रह्मबिन्दुः’, वेद भरखरै पढ्न सुरु गर्ने - ‘शैक्षः’, वेद साङ्गोपाङ्ग पढ्ने - ‘अनूचानः’, वेद पढ्दा हात जोड्नु - ‘ब्रह्माञ्जलिः’ । वेद साङ्गोपाङ्ग पढाउने गुरु - ‘आचार्यः’, वेद पढ्छ वा पढाउँछ - ‘वेदापयति’, वेदका अधिपति ग्रह - ‘वेदाधिपः’ । प्रत्येक वैदिक मन्त्रको आनुपूर्वी शाश्वत (क्रमिक नियम) शब्दहरूमा परिवर्तन हुँदैन, उच्चारणको ज्ञान छन्दद्वारा हुन सक्छ । तर पूर्ण व्याख्या व्याकरण वा निरुक्तबाट गर्न सकिंदैन । अतः समाधिमा जसले जुन मन्त्र देख्यो, त्यो त्यस मन्त्रको ऋषि हुन गयो र वेद पाठको क्रम, घन, जटा, शिखा, रेखा, माला, ध्वज, दण्ड वा रथ आदि नियम छन् । हरिवंशअनुसार ब्रह्माको आँखाबाट ऋग्वेद र यजुर्वेद, जिब्रोको टुप्पाबाट सामवेद, निधारको प्रान्तबाट अथर्ववेद प्रकट भए । ती वेदहरू प्रकट हुनासाथ आ - आफ्नो क्षेत्रको यथार्थसँग वेदन (उपलब्धि) गर्ने हुनाले यसको ‘वेद’ नाम भयो ।

“नेत्राभ्यां जनयद्देवो ऋग्वेदं यजुषा सह ॥
सामवेदं च जिह्वाग्रादथर्वाणं च मूर्धतः ॥
जातमात्रास्तु ते वेदाः क्षेत्रं विन्दन्ति तत्त्वतः ॥
तेन वेदत्त्वमापन्ना यस्माद् विन्दन्ति तत्पदम् ॥”

(हरिवंशभविष्यपर्व १७ अ. ४७ - ४८)


हेरौँ- वेद् धातु



Correction: