वेधः (पुंलिङ्ग)
अर्थ−
१. प्रवेश गर्नु/पस्नु,
२. खन्दा वा काट्दाको गहिराइ,
३. घाउ,
४. दूरबीनले ग्रह, नक्षत्र आदिको गतिविधि हेर्नु,
५. छेड्नु/ छेड्ने क्रिया,
६, समयको मान, जसमा एक तिथि वा नक्षत्र आदिलाई अर्को तिथि वा नक्षत्र आदिको घडी, पलाले छुने क्रियालाई वेध भनिन्छ । वेध प्रायः तिथिमा विचार गरिन्छ, जसको अरुणोदयवेध, सूर्योदयवेध, पञ्चदशनाडीवेध वा सायाह्नवेध, विशेष गरी वेधको विचार एकादशीमा हुन्छ ।