वैखानसः (पुंलिङ्ग)
अर्थ−
१. वानप्रस्थी,
२. ब्रह्माको नङबाट उत्पन्न ऋषिहरूको जमात,
३. दशथरी वैष्णवहरूमध्ये एक । यिनीहरू वेदभन्दा स्मृतिको प्रमाणविशेष मानेर विष्णुमन्त्रको दीक्षा लिएर सभाव पश्वाचारद्वारा विष्णुको उपासना गर्दछन् ।
“वैखानसादिदीक्षाद्यैर्भूषितः स्मार्तवैष्णवः ॥
वैष्णवाचारनिरतो विष्णुमन्त्रैकपारगः ॥”
(पुरश्चर्यार्णव १/३८) ।