वैतरणिः (स्त्रीलिङ्ग)
अर्थ−
१. कलिङ्ग देशको एक नदी,
२. पुराणमा वर्णित पीप रगतजस्तो पानी, मासु जस्तो हिलो, फलामझैँ तीखो र सारो थुतुनो भएका कीरा, गोही, सोस आदि जन्तुले भरिएको चारसय कोस फराकिलो, धेरै लामो र गहिरो, देख्दैमा कहाली लाग्ने, तर्नै नसकिने नरकको बाटामा पर्ने ज्यादै भयङ्कर ठुलो नदी ।
“याऽसौ वैतरणी नाम यमद्वारे महानदी ॥
तस्याः प्रमाणं रूपं च शृणु सर्वभयावहम् ॥
शतयोजनविस्तीर्णा पुथुत्वे सा महासरित् ॥
अगाधानन्तरूपा सा दृष्टमात्रा भयावहा ॥
शिशुमारैश्च मकरैर्वज्रकर्तरिसंयुतैः ॥
अन्यैश्च जलजैोरैर्युक्ता सा मर्मभेदिभिः ॥”
(हेमाद्रि)