वैधृतिः (स्त्रीलिङ्ग)
अर्थ−
१. विधृतिको छोरा एक देवता,
२. ज्योतिष अनुसार २७ योगहरूमध्ये एक, जब सूर्य चन्द्र एकै अयनमा हुन्छन् र ती दुवै (सूर्यचन्द्रको) राश्यादियोग बाह्र राशिमा हुन जाँदा दुवैको क्रान्तिसाम्य (गति एकनास) हुन जाँदा वैधृतियोग पर्न जान्छ ।
“एकायनगतौ स्यातां सूर्याचन्द्रमसौ यदा ॥
तद्युते मण्डले क्रान्त्योस्तुल्यत्वे वैधृताभिधः ॥”
(नारदपुराण, द्वि.पा.पु.भा.१२७ श्लोक) ।