संस्कृत-शब्दकोशः

वैष्टू वैष्णवी

वैष्णव

वैष्णवः (पुंलिङ्ग)


निष्पत्ति− "अण्" (४-३-१२०)
व्युत्पत्ति− विष्णोरयम्

अर्थ−
विष्णुलाई इष्टदेव मानेर उपासना गर्ने मत वा त्यस्तो मतका अनुयायी भक्त । यिनका दश भेद छन् – वैखानस, राधावल्लभ, गोकुलेश, वृन्दावनी, पञ्चरात्र, वीरवैष्णव, रामानन्दी, हरिव्यासी, निम्बार्क र भागवतसंयोगी वैष्णव । उपर्युक्त बाहेक गोलोकभन्दा पनि माथिका कृष्णलाई इष्टदेव मान्ने वैष्णवलाई प्रणामीभक्त भन्छन् । प्रणामीभक्तको आद्य आचार्यको नाम देवचन्द्र कायस्थ, जन्मकाल १६३८, पिताको नाम ‘मातुमेहता’, माताको नाम ‘कुवर बाई’, ग्रन्थको नाम - ‘श्रीमत्तारतमसागर’ (स्वसंवेद), सम्प्रदायको नाम ‘निजानन्द’ हो । संयोगी वैष्णव - सत्ताइस सय कलियुग बितेपछि बलिराजाले पठाएको मयदानव शाक्यसिंह गुरुको नामबाट प्रसिद्ध भयो र सबै तीर्थमा मायामय यन्त्र स्थापना गयो, त्यो यन्त्र मुन्तिर जो जान्थ्यो, त्यो बौद्ध बन्थ्यो । यसरी जताततै बौद्ध भएपछि बौद्धहरूलाई चार वेदको प्रभावले अग्निवंशी राजाहरूले धपाएपछि फेरि मय दानवले म्लेच्छजातिलाई ज्योतिर्गणितसहित २१ अध्यायको रेखागणितको शिक्षा दियो । त्यस शिक्षाको प्रभावले म्लेच्छहरूले सात पुरीमा यन्त्र लगाए, यन्त्रद्वारा सबै म्लेच्छ भए । म्लेच्छलाई दबाउन चैतन्य महाप्रभुका शिष्यहरू अनेक पुरीमा गए । त्यस्तै आफ्ना शिष्यहरूका साथ रामानन्द अयोध्यामा आएर म्लेच्छ यन्त्रलाई उल्ट्याएर सबै म्लेच्छलाई संयोगी वैष्णव बनाए । रामानन्दले बनाएका संयोगी वैष्णवले निधारमा सेतो रातो त्रिशूलझैँ टीका, कण्ठमा तुलसीको माला लगाउने र राम नाम जप गर्ने गर्छन् । म्लेच्छबाहेकका आर्य मुख्य वैष्णवका रूपमा अयोध्यामा बसे । निम्बादित्यले काञ्चीपुरीमा गुरुमन्त्रलाई बिलोम गरी जप्दा त्यहाँका म्लेच्छ संयोगी वैष्णव भए । यी निधारमा बाँसको पातझैँ ठाडो टीका र घाँटीमा माला लगाउने तथा गोपी बल्लभको मन्त्र जप्ने भए । विष्णुस्वामीले हरिद्वारमा म्लेच्छको यन्त्र उल्टो पारेर सबैलाई वैष्णव बनाए, यो निधारमा दुई रेखाको ठाडो टीका र त्यसको बीचमा बिन्दु, कण्ठमा तुलसीको माला लगाउने र माधवको मन्त्र जप्ने भए । माध्वाचार्यले मथुराको म्लेच्छ यन्त्रलाई घोप्ट्याएर त्यहाँ वैष्णव बनाए । यी निधारमा आधा नाकमा करवीरको पातझैँ टीका र कण्ठमा तुलसीको माला लगाउने तथा राधाकृष्णको मन्त्र जप्ने भए । रामानुजको आज्ञाले एक शंकराचार्य काशी गएर म्लेच्छ यन्त्रलाई उल्टो पारे, त्यहाँका सबै शैव भए । यो निधारमा त्रिपुण्ड्र, कण्ठमा रुद्राक्षमाला लगाउने र मुखले गोविन्द मन्त्र जप्ने भए । रामानुज तोताद्रिमा गएर सुखी भए, निधारमा दुई ऊर्ध्व रेखाको बीचमा पहेँलो मसिनो रेखा र घाँटीमा तुलसीको माला लगाउने भए । वराहमिहिर - उज्जयिनीमा गएर म्लेच्छ यन्त्रलाई निर्मूल पारेर सबैलाई शैव बनाए, निधारमा चिताभस्म र कण्ठमा रुद्राक्षमाला लगाउने तथा शिव नाम जप्ने भए । वाणीभूषणकान्यकुब्ज - यी कान्यकुब्जमा गएर अर्द्ध चन्द्राकार टीका र रक्तचन्दनको माला लगाउने तथा देवीको नाम जप्ने भए । धन्वन्तरिले प्रयागमा गएर म्लेच्छयन्त्रलाई उल्ट्याए । उनको नजिक आउनेहरू तिनको अनुयायी भए । निधारमा आधा टीका रातो बिन्दु र घाँटीमा रक्त चन्दनको माला लगाए । भट्टोजिश्रेष्ठ उत्पलारण्य गए, निधारमा रातो त्रिपुण्ड्र र घाँटीमा रुद्राक्षमाला लगाएर विश्वनाथ नामको जप गर्थे । रोपण इष्टिका एटा गएर म्लेच्छयन्त्रलाई निष्फल पारे र सबैलाई ब्रह्ममार्ग देखाए । विष्णुभक्त जयदेव - द्वारका गएर म्लेच्छयन्त्रलाई निष्फल पारे । यिनका अनुयायीको निधारमा एक रातो रेखा र गलामा कमल गट्टाको माला हुन्छ तथा यिनीहरू गोविन्दको नाम जप गर्ने गर्छन् । यसप्रकार वैष्णव, शैव र शाक्त अनेक सङ्ख्यामा विभक्त भए, शाक्त निर्गुण थिए र वैष्णव सगुण । जुन निर्गुण र सगुण थिए तिनीहरू शैव भए । शान्तिपुरमा - नित्यानन्द, नदीया पत्तन (नदिया) मा - हरि, मागध (मगहरदेश) मा - कबीर, कलिञ्जरमा - रैदास र नैमिषारण्यमा - सधन (सदन) समाधिस्थ भए । आज पनि यहाँ वैष्णवको ठुलो समुदाय छ । यसरी मय आदि दैत्य पनि निष्फल भएर बलिकहाँ गए । (भविष्यपुराण, प्रति.पर्व च.ख. २१ अ.) ।


वैष्णव (विशेषण)


अर्थ−
विष्णुसम्बन्धी वा विष्णुको ।


वैष्णवम् (नपुंसकलिङ्ग)


अर्थ−
१.हवनको खरानी,
२.श्रवणनक्षत्र ।



Correction: