व्यक्त (विशेषण)
अर्थ−
१. प्रकट गरिएको वा सामुन्ने ल्याइएको,
२. स्पष्ट सफा,
३. ठुलो,
४. वर्णन गरिएको,
५. बुद्धिमान् / विद्वान् ।
व्यक्तः (पुंलिङ्ग)
अर्थ−
१. विष्णु,
२. मानिस ।
व्यक्तम् (नपुंसकलिङ्ग)
अर्थ−
१. गान विद्याका दश गुणमध्ये एक, जसमा पद, पदार्थ, प्रकृति, विचार, आगम, लोप, कृदन्त, तद्धित, समास, धातु, निपात, उपसर्ग, स्वर, लिङ्ग, वृत्ति, वार्तिक, विभक्त्यर्थ, एकवचन, बहुवचन आदिको राम्रो किसिमबाट हुने उपपादन,
२. काम/कर्म,
३. सांख्यमतअनुसार प्रधान, अहङ्कार, इन्द्रियहरू र तन्मात्रा आदि चौबीस तत्त्व, जुन पुरुषबाट उत्पन्न मानिएका छन् ।