संस्कृत-शब्दकोशः

व्यञ्जक व्यञ्जनसंयोजन

व्यञ्जन

व्यञ्जनम् (नपुंसकलिङ्ग)


निष्पत्ति− वि + अञ्जू (व्यक्त्यादौ) - "ल्युट्" (३-३-११७)
व्युत्पत्ति− व्यज्यते अनेन
प्रयोग− "अशक्नुवद्भिर्बहुभुक्तवत्तया यदुज्झिता व्यञ्जनपुञ्जराशयः"
उल्लेख− नैष० १६-१०५

अर्थ−
१. स्वर, अक्षर नलागेमा पूर्ण रूपले उच्चारण हुन नसक्ने क् देखि ह् सम्मका देवनागरीका अक्षरहरू,
२. भात वा रोटीको साथ खाइने तरकारी, अचार आदि वस्तु,
३. स्त्रीपुरुषको रूप छुट्याउने चिह्न,
४. चिह्न/निसान,
५. व्यक्त वा प्रकट हुने क्रिया,
६, अङ्ग/अवयव,
७. बिल्ला/चपरास,
८. तन्नेरी वा जवानीको लक्षण,
९. दाह्री/ जुँघा,
१०. मूत्रेन्द्रिय,
११. गुप्तचर वा गुप्तचरको जमात,
१२. स्मारक/सम्झना गराउने वस्तु,
१३. हावभावद्वारा मनको भाव प्रकट गर्नु,
१४. व्यञ्जनाव्यापार ।



Correction: