संस्कृत-शब्दकोशः

व्यतीत व्यतीहार

व्यतीपात

व्यतीपातः (पुंलिङ्ग)


अर्थ−
१. औँसीको दिन रविवार र श्रवण अश्विनी, धनिष्ठा, आर्द्रा, अश्लेषा वा मृगशिरा नक्षत्रमध्ये कुनै एक नक्षत्र परेमा हुन जाने योग,
२. चन्द्रमा र सूर्य दुवै फरकफरक अयनमा हुँदा दुवैको योग छ राशिमा भएमा दुवैको क्रान्तिसाम्य (गतिको एक नास) पर्न जान्छ र व्यतीपात हुन्छ,
३. फलित ज्योतिषअनुसार सत्ताइस योगहरूमध्ये सत्रौं योग,
४. भुइँचालो, आँधी, बाढीहरू जस्ता डरलाग्दा उत्पात,
५. अपमान/बेइज्जती,
६.वैशाख शुक्लद्वादशीको दिन हस्ता नक्षत्र परेमा र हस्ता नक्षत्रमा गुरु वा मङ्गलवार पर्न जाँदा व्यतीपात योग हुन्छ (यसमा अर्धोदय श्राद्ध गरिन्छ ।)

“श्रवणाश्विधनिष्ठार्द्रा दानदैवतमस्तके ॥
यद्यमा रविवारेण व्यतीपातः स उच्यते ॥”

(श्राद्धमञ्जरी) ।

“विपरीतायनगतौ चन्द्रार्कौ क्रान्तिलिप्तिकाः ॥
समास्तदा व्यतीपातो भगणर्द्धे तयोर्युतौ ॥
पञ्चाननस्थौ गुरुभूमिपुत्रौ मेषे रविः स्याद्यदि शुक्लपक्षे ॥
पाशाभिधाना करभेण युक्ता तिथिर्व्यतीपात इतीह योगः ॥”

(श्राद्धमञ्जरी) ।



Correction: