संस्कृत-शब्दकोशः

व्यंसक व्यसनातिभार

व्यसन

व्यसनम् (नपुंसकलिङ्ग)


अर्थ−
१. छल/धोखा,
२. छल्नु/धोखा दिनु ।


व्यसनम् (नपुंसकलिङ्ग)


अर्थ−
१. वियोग/बिछोड,
२. विपत्ति,
३. नाश,
४. हार,
५. हावा / वायु,
६. व्यर्थको उद्योग,
७. दुर्भाग्य,
८. दुःख/ विपत्ति,
९. कुनै काम वा कुराको शोक,
१०. अयोग्य वा असमर्थता,
११. कुनै खराब वा अमाङ्गलिक कुरा,
१२. अपराध वा पाप,
१३. सजाय/दण्ड,
१४, अस्ताउने क्रिया,
१५. स्त्रीमा लम्पट हुनु,
१६. विषयमा आसक्ति,
१७. काम, क्रोध आदि विकारबाट उत्पन्न दोष, जसका अठार भेद छन् । यसमध्ये दश कामज र आठ क्रोधज । ‘कामजव्यसन’ - सिकार, जुवा, दिनमा सुत्नु, परनिन्दा, स्त्रीसेवन, घमन्ड, धेरै बाजा बजाउनु, गीत, नाच, रक्सी पिउनु, ‘क्रोधजव्यसन’ - चुक्ली लगाउनु बेमतलबको साहस, द्रोह, डाइ, ईर्ष्या, असूया, बोलीको कठोरता, दण्डको कठोरता ।



Correction: