व्रतः (पुंलिङ्ग)
अर्थ−
१. कुनै कुरा गर्ने पक्का प्रतिज्ञा वा संकल्प,
२. ईश्वरको आराधना वा भक्ति,
३. यज्ञ,
४. धार्मिक कर्म, जसमा पूजा आदिको विशेषता रहन्छ । जस्तै - नवरात्रव्रत । नवरात्रमा उपवास आदि भन्दा पूजाकै ठुलो महिमा छ । व्रत गर्दा बिहान खाना नखाएर, स्नान र आचमन गरेर एकाग्रमनले सूर्यादि देवतामा व्रत गर्ने कुरा निवेदन गर्दै व्रत गर्नु । व्रत गरेको वेला गर्नुपर्नेमा सामान्य धर्म - क्षमा, सत्यवचन, दया, दान, शौच, इन्द्रियसंयम, देवपूजा होम, सन्तोष, चोरी नगर्नु । यी दश कुरा सबै व्रतहरूमा गर्नुपर्ने सामान्य निमय हुन् । ‘पूजाद्यात्मकः कर्मविशेषो व्रतम्’ (धर्मसिन्धु) ।
“अभुक्त्वा प्रातराहारं स्नात्वाचम्य समाहितः ॥
सूर्यादिदेवताभ्यश्च निवेद्य व्रतमाचरेत् ॥
क्षमा सत्यं दया दानं शौचमिन्द्रियनिग्रहः ॥
देवपूजाग्निहवनं सन्तोषः स्तेयवर्जनम् ॥
सर्वव्रतेष्वयं धर्मः सामान्यो दशधा स्मृतः ॥”
(निर्णयसिन्धु)
व्रतम् (नपुंसकलिङ्ग)