संस्कृत-शब्दकोशः

शबली शब्दकार

शब्द

शब्दः (पुंलिङ्ग)


निष्पत्ति− शब्द (आविष्कारे) + णिच् - "अच्" (३-३-५६)
प्रयोग− १) "अथात्मजं शब्दगुणः गुणज्ञः पदं विमानेन विहाहमानः ।" २) "अप्यन्तपुष्टाः प्रतिकूलशब्दाः"
उल्लेख− रघु० १३-१, कुमा० १-४५

अर्थ−
१. ध्वनि / आवाज,
२. बाजाबाट निस्कने आवाज,
३. बोली,
४. चराको बोली,
५. अर्थ भएको बोली,
६. संज्ञा नाम,
७.पदवी/उपाधि,
८. मौखिक प्रमाण,
९. शास्त्रसँग सम्बन्ध राख्ने शब्द । भनाइ छ-

“विभक्त्युत्पत्तये योग्यः शास्त्रीयः शब्द इष्यते ॥
शुद्धयौगिकतन्मिश्रैः, प्रभेदैः स पुनस्त्रिधा ॥”

(चन्द्रालोक) । सुबन्त (प्रथमा आदि विभक्ति) तिङन्त (प्रथम पुरुष) आदि क्रियाको रूप बन्न् योग्यता भएको वर्ण समूहलाई शब्द भनिन्छ । शब्दका पाँच भेद छन् - द्रव्यवाचक शब्द, गुणवाचक शब्द, क्रियावाचक शब्द, जातिवाचक शब्द र संज्ञावाचक शब्द । भनाइ छ-

“द्रव्यं गुणं क्रिया जातिमाहुः शब्दाश्चतुर्विधाः ॥
यदृच्छया प्रयुक्तःस्यात् संज्ञाशब्दस्तु पञ्चमः ॥”

उक्त शब्दका तीन भेद छन् - रूढ शब्द, यौगिक शब्द र योगरूढ शब्द । रूढ शब्दका तीन भेद छन् - अव्यक्त योग, निर्योग र योगाभास । ‘अव्यक्तयोगनिर्योगयोगाभासैस्त्रिधादिमः ॥’ यौगिकशब्दका तीन भेद छन् - शुद्धयौगिक, यौगिकमूलयौगिक र संभिन्नयौगिक । ‘शुद्धतन्मूलसंभिन्नप्रभेदैयौगिकस्त्रिधा ।’ योगरूढ शब्दका तीन भेद छन् - सामान्यार्थे विशेषार्थबोधक, विशेषार्थे सामान्यार्थबोधक र सामान्यविशेषोभयविधार्थबोधक । ‘तन्मिश्रोऽन्योन्यसामान्यविशेषपरिवर्तनात् ।’ (चन्द्रालोक) ।


हेरौँ- शब्द् धातु



Correction: