संस्कृत-शब्दकोशः

शमिष्ठ शमीक

शमी

शमी (स्त्रीलिङ्ग)


निष्पत्ति− शमु (उपशमे) + णिच् - "अच्" (३-१-१३४) । गौरा० "ङीष्" (४-१-४१)
व्युत्पत्ति− शमयति रोगान्
प्रयोग− "अवेहि तनयां ब्रह्न्नग्निगर्भां शमीमिव"
उल्लेख− शाकु० ४-३

अर्थ−
शिम्बी धान्य / कोसा फल्ने अन्न, जस्तै - मास, मुङ, गहत, भटमास, चना, केराउ, मुसुरो, झिलीङ्गी, रहर आदि । एक रूख, जसको देशीशमी र वनशमी गरी दुई भेद छ - ‘देशीशमी’ - करिब अढाई तीन अङ्गुल लामो र दुई अङ्गुल चाक्लो, चिल्लो र हरियो बदामी छाँटको पात हुन्छ । पाकेपछि गाढा सुनौला बोक्रा र धेरै बियाँ हुने जङ्गली बयरजत्रो मार्ग पौषमा पाक्ने फल हुन्छ । ज्यादै अग्लो नहुने र हाँगा जताततै फैलने पीपलभन्दा केही सानो रूख हुन्छ । ‘वनशमी’ - रातो काँढा हुने बबुरको छाँटको रूख । भनाइ छ-

“शमी शमयते पापं शमी लोहितकण्टका ॥
धारिण्यर्जुनवाणानां रामस्य प्रियवादिनी ॥”

(निर्णयसिन्धु विजयादशमीप्रसङ्ग) ।



Correction: