शम्बूकः (पुंलिङ्ग)
अर्थ−
१. रामको राज्यकालमा अनधिकार तप गर्ने एक शूद्र, जसको तपको पापले ब्राह्मणपिताको अगाडि छोरो मरेकाले रामले त्यस शूद्रलाई मारेपछि उक्त बालक बाँचेको कुरा रामायण, महाभारत आदिमा छ । भनाइ छ-
“श्रूयते शम्बूके शूद्रे हते ब्राह्मणदारकः ॥
जीवितो धर्ममासाद्य रामात्सत्यपराक्रमात् ॥”
(महाभारत, शान्तिपर्व) २. घोंघी/सानो घोंघीकीरा, ‘शम्बूको गजकुम्भान्ते घोके च शूद्रतापसे । जलजन्तुविशेषे च’ (मेदिनी) । ३. सानो जातको शङ्ख,
४. स्कन्दको एक सैनिक,
५. हात्तीको सूडको अघिल्लो भाग,
६. दैत्यविशेष,
७. जलजन्तुविशेष ।