संस्कृत-शब्दकोशः

शरबीज शरभङ्ग

शरभ

शरभः (पुंलिङ्ग)


निष्पत्ति− शृ (हिंसायाम्) - "अभच्" (उ० ३-१२२)

अर्थ−
१. रामको सेनाको एक यूथपति बानर,
२. सलह कीरा,
३, विष्णु,
४, हात्तीको छावा,
५. उँट,
६. गाइने कीरा,
७. चराविशेष,
८. मृगविशेष,
९. एक वर्णवृत्त जसको प्रत्येक चरणमा चार नगण तथा एक सगण हुन्छ,
१०. दोहाको एक भेद जसमा बीस गुरु र आठ लघुमात्राहरू हुन्छन्,
११. सिंह,
१२. तक्षक वंशको एक नाग,
१३. ऐरावत वंशको एक नाग,
१४. एक दानव,
१५. प्राचीन एक ऋषि,
१६. शकुनिका भाइ,
१७, चेदिराज धृष्टकेतुका भाइ,
१८. सिंहआदि समस्त जन्तुको मनमा डर उत्पन्न गराउनु र मारेर रगत पिउने आठवटा गोडा र माथि आँखा भएको शरभनामको प्राचीन एक जंगली जनावर,
१९. नृसिंहावतार विष्णुको रिस शान्त पार्न सदाशिवले लिएको एक रूप ।चन्द्र, सूर्य, अग्नि रूपका तीन नजर, काली र दुर्गा रूपी दुई पखेटा, बिजुलीझैँ चम्कने जिभ्रो, वज्रजस्ता नङ्ग्रा, वडवाग्निको जस्तो पेट, रोग, मृत्यु र शत्रुलाई मार्ने आँधिको जस्तो वेग, हृदयमा भैरव भएको, वैरीको थुप्रालाई नाश गर्ने, तल्लो आधा शरीर जनावरको, माथिल्लो आधा शरीर चराको जस्तो ठुँड र पखेटा भएको, चारपाउर चारबाहुले प्रलयकालीन अग्निजस्तो, कालो मेघझैँ गर्जने, देख्नासाथ शत्रुको सारा बल पराक्रम गल्न जाने, जटाको सौन्दर्यले डरलाग्दा, पखेटाले पहाड उडाउने, अष्टपाद शरभमूर्ति । वराहको तेजलाई शान्त पार्न शिवले लिएको अवतार । भनाइ छ-

“कदाचित्कालवेगेन सर्वप्राणिविहिंसकः ॥
बलवान् क्षतजाहारो नानासत्त्वभयङ्करः ॥
अष्टपादूर्ध्वनयनः शरभो वनगोचरः ॥
तं सिहं हन्तुमागच्छन्मुने ! तस्य निवेशनम् ॥”

(महाभारत, शान्तिपर्व)

“चन्द्रार्काग्नित्रिनयनं कालीदुर्गाद्विपक्षकम् ॥
विद्युज्जिह्वं वज्रनखं वडवाग्न्युदरं तथा ॥”

व्याधिमृत्युरिपुघ्नं च चण्डवातातिवेगिनम् ॥
हृद्भैरवस्वरूपं च वैरिवृन्दनिषूदनम् ॥
मृगस्त्वर्धशरीरेण पक्षाभ्यां चञ्चुना द्विजः ॥
अधोवकक्त्रश्चतुष्पादस्तूर्ध्ववक्त्रश्चतुर्भुजः ॥
कालान्तदहनप्रख्यो नीलजीमूतनिःस्वनः ॥
अरिर्यद्दर्शनादेव विनष्टबलविक्रमः ॥
शठाच्छरोग्ररूपाय पक्षविक्षिप्तभूभृते ॥
अष्टपादाय रुद्राय नमः शरभमूर्तये ॥”

(पुरश्चर्यार्णव द्वितीयभाग)

“ततः शरभरूपी स तत्क्षणाद् गिरिशोऽभवत् ॥”

(कालिकापुराण) ।



Correction: