शल्यम् (नपुंसकलिङ्ग)
अर्थ−
१. हाड,
२. गाखी,
३. काँडा/शरीरमा धँसिने काँडविशेष,
४. पाप,
५. शरीरमा दुःख वा रोग पैदा गर्ने वस्तु,
६. विष,
७. आपत्ति,
८. कीला,
९. शरीरमा गड्ने काँडो,
१०. माला,
११. छेस्का वा सिन्का,
१२. कलामात्र सप्तमी र बाँकी अष्टमी हुने सप्तमीतिथि ।
शल्यः (पुंलिङ्ग)
अर्थ−
१. मैनफल,
२. सेतो खयर,
३. लोध,
४. बेल ५. हाता/सीमा,
६. छप्पय छन्दको एक भेद जसमा १५ गुरु र १२२ लघु गरी १३७ वर्ण वा १५२ मात्राहरू हुन्छन्,
७. दुम्सी (जनावर),
८. महाभारतकालीन मद्र देशका राजा, यिनी पाण्डुकी कान्छी रानी माद्रीका दाजु हुन्,
९, शरीरमा गरिने चिरफार,
१०. काँढाको झाडी,
११. शिलिन्ध्र नामको माछा,
१२. बाण ।