शाक्त (विशेषण)
अर्थ−
शक्तिसम्बन्धी ।
शाक्तः (पुंलिङ्ग)
अर्थ−
१. ज्येष्ठानक्षत्र, महाविद्या, सिद्धविद्या वा कुनै देवीलाई इष्टदेव मान्ने पुरुष । जसले वामाचार, दक्षिणाचार वा कुलाचारद्वारा शक्तिदेवीको उपासना गर्छ । सामान्यतया वेदमाता गायत्री आदि शक्तिको उपासकलाई शाक्त भनिन्छ तर गायत्री नजप्ने शैव वैष्णव आदि शाक्त होइनन् । भनिएको छ-
“सर्वे शाक्ता द्विजाः प्रोक्ता न शैवा न च वैष्णवाः ॥
आदिशक्तिमुपासन्ते गायत्रीं वेदमातरम् ॥”