शेखरः (पुंलिङ्ग)
अर्थ−
१. मुकुट,
२. शिर,
३. पहाडको चुचुरो,
४. शिरमा लगाइने फूलको माला,
५. श्रेष्ठता बुझाउने शब्द,
६. सङ्गीतमा ध्रुव वा स्थायी पदको एक भेद,
७. रगणको पाँचौ भेदको संज्ञा ।
शेखर (विशेषण)
अर्थ−
सबैभन्दा श्रेष्ठ वा असल ।
शेखरम् (नपुंसकलिङ्ग)
अर्थ−
ल्वाङ ।