शैव (विशेषण)
अर्थ−
शिवसम्बन्धी ।
शैवः (पुंलिङ्ग)
अर्थ−
१. असुरो,
२. ठुलो मौलसिरी,
३. स्फटिक,
४. धतुरो,
५. शिवलाई इष्ट देवता मान्ने सम्प्रदाय । यसका सात भेद छन् - शिखी, मुण्डी, जटी, द्विदण्डी, त्रिदण्डी, एकदण्डी र वीरशैव । यिनीहरूको लक्षण यिनै यिनै शब्दमा हेर्नुस् ।
“शिखी मुण्डी जटी चैव द्वित्रिदण्डी क्रमेण च ॥
एकदण्डी महेशानि ! वीरशैवस्तथैव च ॥
सप्त पाशुपताः प्रोक्ताः शैवमार्गप्रवर्तकाः ॥”
(पुरश्चर्यार्णव) ।
शैवम् (नपुंसकलिङ्ग)
अर्थ−
१. शिवपुराण,
२. पाशुपतास्त्र ।