श्रद्धा (स्त्रीलिङ्ग)
अर्थ−
१. गर्भवती स्त्रीको खाने पिउने आदि इच्छा/ दोहद,
२. गहिरो कामना,
३. सम्मान,
४. नजिकको चिनापर्ची,
५. प्रसन्नता,
६. शुद्धि/चोखोपन,
७. विश्वास,
८. वेद, धर्मशास्त्र र गुरुको वचनमा हुने विश्वास,
९. ईश्वर, मातापिता आदिमा हुने भक्तिपूर्वकको सद्भावना,
१०. वैवस्वत मनुकी पत्नी,
११. कर्दममुनिकी छोरी, अत्रिमुनिकी पत्नी । श्रद्धा गर्छ - ‘श्रद्दधाति’ ।