श्रीमत् (विशेषण)
अर्थ−
१. धनी,
२. भाग्यवान्,
३. राम्रो,
४. प्रसिद्ध ।
श्रीमान् (पुंलिङ्ग)
अर्थ−
१. धन, सौभाग्य, सौन्दर्य आदि भएको पुरुष,
२. धनी मानिस,
३. भाग्यवान् मानिस,
४. लोग्ने(पति)लाई बुझाउने शब्द,
५. लोग्ने मानिसलाई मान गरेर सम्बोधन गरिने शब्द,
६. लोग्ने मानिसलाई मान गरेर नामको अगाडि जोडिने शब्द,
७. शिव,
८. विष्णु,
९. कुबेर,
१०. पीपल (रूख),
११. हलेदो ।