श्वेतकुष्ठः (पुंलिङ्ग)
अर्थ−
अठारथरी कुष्ठ रोगमध्ये एक रोग । यो बात, पित्त, कफ तीनैबाट हुने गर्छ । बातबाट - रूखो र रातो भावको हुन्छ । पित्तबाट - रक्त कमलझैँ रातो हुने रौँ झर्ने र पोल्ने गर्छ । कफबाट - सेतो गाढा, भारी हुने र चिलाउने गर्छ । यो मासु, मज्जा र रगत तीनै धातुबाट हुन्छ । (शार्ङ्गधरसंहिता)