संस्कृत-शब्दकोशः

षड्ग्रन्थिका षड्जग्राम

षड्ज

षड्जः (पुंलिङ्ग)


निष्पत्ति− जनी (प्रादुर्भावे) - "डः" (३-२-९८)
व्युत्पत्ति− षड्भ्यो नासादिस्थानेभ्यो जायते
प्रयोग− "षड्जसंवादिनीः केका द्विधा भिन्नाः शिखण्डिभिः"
उल्लेख− रघु० १-३९
विस्तार− "नासां कण्ठमुरस्तालु जिह्वां दन्ताश्च संस्पृशन् । षड्भ्यः सञ्जायते यस्मात्तस्मात् षड्ज इति स्मृतः ॥"

अर्थ−
सङ्गीतका सात स्वरमध्ये पहिलो स्वर । यसको उत्पत्ति भूर्लोकबाट भएको मानिन्छ । षड्जस्वरले देवता तृप्त हुन्छन् । यसको वर्ण कमलपत्रझैँ हरियो छ । यो ब्राह्मण जातिको हो, मयूरले षड्जस्वरले बोल्छ अर्थात् यसमा मयूरको जस्तो आवाज निस्कन्छ । यो कण्ठबाट निस्कन्छ । नाक, कण्ठ तालु छाती, जिभ्रो र दाँतमा आश्रित हुने हुँदा यसलाई षड्ज भनिएको हो । यसलाई पहिले अग्निले गाएका हुन्, प्रथम षड्जस्वरको ठाउँ निधार हो र साहिँली औंलामा षड्जस्वरको स्थिति रहन्छ । यसको आवाज सङ्केत ‘सा’ यस्तो हुन्छ, यसमा तलमाथि चिह्न रहँदैन र कहिल्यै पनि यसको रूप बदलिदैन । अतः कुनै पनि स्वरलाई षड्जस्वर भन्न सकिन्छ । सप्तकको षड्जस्वरको माथि एक थोप्लो हुन्छ । जसको ‘साँ यस्तो उच्चारण हुने गर्छ ।



Correction: