प्रस्तुत (विशेषण)
अर्थ−
१.स्तुति वा प्रशंसा गरिएको,
२. आरम्भ गरिएको,
३. पूरा गरिएको,
४. चर्चा वा वर्णन गरिएको,
५. सङ्गबाट आएको,
६. तयार,
७. हातमा लिइएको,
८. बनाइएको,
९. उपयुक्त,
१०. सामुन्ने ल्याइएको ।
प्रस्तुतम् (नपुंसकलिङ्ग)
अर्थ−
१. विचार गर्नु पर्ने वा झगडाको विषय,
२. उपस्थित विषय ।