प्रायः (पुंलिङ्ग)
अर्थ−
१. एकनास/समान,
२. लगभग,
३. उमेर,
४. मृत्यु/ मरण,
५. ज्यास्ती/धेरैपन,
६. कुनै इष्टसिद्धिका लागि खानापीना छोडेर धर्ना दिनु वा भोकै तिर्खाएरै मर्न तयार हुनु । प्रायः शब्द अरू शब्दको साथ समास हुँदा विशेषण हुन्छ, जस्तै- ‘जलप्रायम्’ । यो अकारान्त शब्द हो ।