संस्कृत-शब्दकोशः

फर्फरीक फलक

फल

फलम् (नपुंसकलिङ्ग)


निष्पत्ति− फल (निष्पत्तौ) - "अच्" (३-१-१३४)
प्रयोग− "वनान्तरादुपावृत्तैः समित्कुशफलाहरैः"
उल्लेख− रघु० १-४९

अर्थ−
१. फलित ज्योतिषमा सुख, दुःख आदिको रूपमा हुने ग्रहहरूको योग वा स्थितिको परिणाम,
२. उद्देश्यको सिद्धि,
३. धर्म, अर्थ, काम, मोक्ष यी चार कर्मबाट प्राप्त हुने सुखको अवस्था,
४. भाला, बाण आदिको फाली,
५. पाप वा धर्मद्वारा हुने सुखदुःखको अवस्था,
६. हलोको फाली,
७. सियो वा जाइफल,
८. रजस्वला भएकी स्त्रीको रगत,
९. इन्द्रजौको रूख,
१०. कङ्कोल,
११. ब्याज / सुद,
१२. क्षेत्रफल,
१३. गुणनफल वा योगफल,
१४. प्रयोजन/मतलब,
१५. त्रिराशिको तेस्रो राशि,
१६. गणितको कुनै पनि क्रियाको परिणाम,
१७. ढाल,
१८, कुनै पनि हतियारको फाली,
१९. बदला/ प्रतिफल,
२०. लाभ / फाइदा,
२१. कुनै पनि कर्मको नतीजा,
२२. तरवारको धार,
२३. काँडको फाली,
२४. सन्तान,
२५. गुदी वा बीउ,
२६. कर्म,
२७. इनाम,
२८. उद्देश्य,
२९. रूख, बोट, बुटेन, लहरो आदिमा कतिपय फलेर तथा कतिपय फुलेरै पनि गुदी बीउसहित जातिअनुसार डल्लो लामो आदि विभिन्न किसिमको पैदा हुने वस्तु । ऐँसेलु, सर्पको काफल जस्तो सानो फल - ‘गुली/ गुटिका’ (स्त्री.), पपीता, काँक्रो, केरा आदि तरकारी बनाउन सकिने फल - ‘समण्ठः’ (पुं./न.) , फल काँचो - ‘शलाटुः’ (पुं./न.) , फल सुकेको - ‘वानः’ (पुं./न.) , फल रूखको - ‘सदः’ (पुं.), फलको बोक्रा- ‘फलवल्कलः’ (पुं.) । ‘आमे फले शलाटुः स्याच्छुष्के वानमुभे त्रिषु’ (अमरकोश) ।


हेरौँ- फल् धातु



Correction: