संस्कृत-शब्दकोशः

ब्रह्मौदन ब्राह्मण

ब्राह्म

ब्राह्मः (पुंलिङ्ग)


प्रयोग− "ब्राह्मे मुहूर्ते बुध्येत धर्मार्थौ चानुचिन्तयेत्। कायक्लेशांश्च तन्मूलान् वेदतत्वार्थमेव च"
उल्लेख− मनु० ४-९२
विस्तार− "रात्रेश्च पश्चिमे यामे मुहूर्तो ब्राह्म उच्यते"

अर्थ−
१. ब्रह्मविवाह,
२. नारद,
३. नक्षत्र,
४. प्राचीनकालको राजाको धर्म, जसअनुसार गुरुकुलबाट विद्याध्ययन गरी आएका ब्राह्मणको पूजा सम्मान गरिन्थ्यो,
५. अग्नि,
६. ब्रह्मविद्याको विशेषज्ञ व्यक्ति,
७. ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र यी चार वर्णहरूमध्ये विराट्पुरुष परमेश्वरको मुखबाट उत्पन्न प्रथम वर्ण वा जाति । यसका दशभेद छन् - सारस्वत, कान्यकुब्ज, गौड, मैथिल, उत्कल, कर्णाटक, महाराष्ट्र, आन्ध्र, तैलङ्ग, गुर्जर । यीमध्ये पाँच (सा.का.गौ.मै.उ.) गौड र पाँच (क.म.आ.तै.गु) द्राविड भनिन्छन् । ब्राह्मणको लक्षण - वस्त्र, खाना र घरको सङ्ग्रहको चिन्ता नगर्नेलाई देवताहरूले ब्राह्मण भनेका छन् । कुनै कुराको आशा वा चिन्ता नराख्ने, सबै कुराको उठानदेखि पर, नमस्कार र स्तुतिको महत्त्व नराख्ने, शरीर क्षीण नभएको तर कर्मलाई क्षीण पारेको पुरुषलाई देवताहरूले ब्राह्मण भन्छन् । शान्त, सन्त, सुशील, सबै प्राणीको हितैषी, नरिसाउने, सन्ध्या र उपासना गर्ने, सरल चित्त, कठोर व्रत गर्ने, आफ्नो र पराईको भन्ने भेदभाव नगर्ने, एक छाक खाने सन्तोषी थोरै खाने, ऋतुकालमा मात्र थोरै रूपमा मैथुन गर्ने, पराईको अन, धन बाटोमा अथवा घरैमा फेला पारे पनि अर्काले नदिएसम्म नलिने, सत्य, तपस्या र इन्द्रियनिग्रहलाई ब्रह्म सम्झने र सम्पूर्ण प्राणीमा दया एवं ब्रह्मभाव राख्नेलाई ब्राह्मण भन्दछन् । योग, तप, दम, दान, सत्य, शौच, दया, विद्या, वेद, विज्ञान, आस्तिकपन आदि हुनु ब्राह्मणको लक्षण हो । उपर्युक्त दशथरी ब्राह्मण बाहेक जयपुरी, माधुरी, सरयूपारी, गडवाली, कूर्माञ्चली (नेपाली) शाकद्वीपी आदि ब्राह्मणका धेरै भेद छन् । भनाइ छ-

“येन केनचिदाच्छन्नो येन केनचिदाशितः ॥
यत्र क्वचन शायी स्यात्तं देवा ब्राह्मणं विदुः ॥”

(महाभारत, शान्तिपर्व २४५ ।१२)

“निराशिषमनारम्भं निर्नमस्कारमस्तुतिम् ॥
अक्षीणं क्षीणकर्माणं तं देवा ब्राह्मणं विदुः ॥”

(आरण्यकोपनिषद् ३ । ५ शाङ्करभाष्य) ।

“शान्ताः सन्तः सुशीलाश्च सर्वभूतहिते रताः ॥
क्रोधं कर्तुं न जानन्ति एतद् ब्राह्मणलक्षणम् ॥
सन्ध्योपासनशीलश्च सौम्यचित्तो दृढव्रतः ॥
समः परेषु च स्वेषु एतद्ब्राह्मणलक्षणम् ॥
एकाहारश्च सन्तुष्टः स्वल्पाशी स्वल्पमैथुनः ॥
ऋतुकालाभिगामी च एतद् ब्राह्मणलक्षणम् ॥
परान्नं परवित्तञ्च पथि वा यदि वा गृहे ।॥अदत्तं नैव गृह्णाति एतद्ब्राह्मणलक्षणम् ॥
सत्यं ब्रह्म तपो ब्रह्म ब्रह्म चेन्द्रियनिग्रहः ॥
सर्वभूतदया ब्रह्म एतद्ब्राह्मणलक्षणम् ॥
योगस्तपो दमो दानं सत्यं शौचं दया श्रुतम् ॥
विद्या विज्ञानमास्तिक्यमेतद् ब्राह्मणलक्षणम् ॥”

(आह्निकसूत्रावली) । ब्राह्मणको जमात – ‘ब्राह्मण्यम्’ (न.), अयोग्य ब्राह्मण- ‘ब्राह्मणकः’ (पुं.), बनावटी ब्राह्मण - ब्राह्मणको पहिरन गर्ने- ‘/ब्रह्मबुवः’ (पुं.)/ ‘ब्रह्मबुवाणः’ (पुं.), ब्राह्मणहरूमा वा ब्राह्मणको दशामा - ‘ब्राह्मणत्रा’(अ.) ।


ब्राह्म (विशेषण)


अर्थ−
१. ब्राह्म वा परमेश्वरसम्बन्धी,
२. ब्राह्मणको,
३. वेदाध्ययनसम्बन्धी,
४. वैदिक,
५. पवित्र ।


ब्राह्मम् (नपुंसकलिङ्ग)


अर्थ−
१. ब्रह्मतीर्थ,
२. धर्मग्रन्थको अध्ययन,
३. अठार पुराणमध्ये एक पुराण,
४. रोहिणी नक्षत्र ।



Correction: