भगवत् (विशेषण)
अर्थ−
१. धन सम्पत्ति आदि ऐश्वर्य भएको,
२. पूज्य ।
भगवान् (पुंलिङ्ग)
अर्थ−
१. भग नामका छ विभूति उत्पत्ति प्रलय, भूत (चराचर)को आवत-जावत औ विद्या अविद्याको यथार्थ जान्ने पुरुष,
२. परमेश्वर,
३. शिव,
४. विष्णु,
५. बुद्धदेव,
६. सूर्य,
७. कार्तिकेय,
८. जिन । (भगवत्) । भनाइ छ-
“उत्पत्तिं प्रलयं चैव भूतानामागतिं गतिम् ॥
वेत्ति विद्यामविद्यां च स वाच्यो भगवानिति ॥”
(विष्णुपुराण. ६/५/७८) ।