भद्रः (पुंलिङ्ग)
अर्थ−
१.शिव,
२.खञ्जन चरो,
३. साँढे,
४. कदम,
५. दतार हात्ती,
६. उत्तर दिशाको एक दिग्गज,
७. बलरामको एक सहोदर भाइ,
८. एक प्राचीन देशविशेष,
९. रामचन्द्रको सभाको एक सदस्य जसको सल्लाहले सीताजीलाई वनमा लखेटिएको थियो,
१०. विष्णुको एक द्वारपाल वा पार्षद,
११. सङ्गीतमा स्वरसाधनको एक प्रणाली,
१२. पर्वत,
१३. सुमेरु पर्वत,
१४. तुषित वर्गका गण देवता ।
भद्रम् (नपुंसकलिङ्ग)
अर्थ−
१. प्रसन्नता,
२. समृद्धि,
३. सुन,
४. फलाम,
५. कल्याण / मङ्गल,
६. नागरमोथे,
७. चन्दन ।
भद्र (विशेषण)
अर्थ−
१. सभ्य/भलाद्मी,
२. कल्याण गर्ने,
३. सबैभन्दा उत्तम,
४. दयालु,
५. आनन्द दिने,
६. तारीफ गर्न योग्य,
७. श्रेष्ठ,
८. प्यारो,
९. राम्रो ।