भरतः (पुंलिङ्ग)
अर्थ−
१. कैकेयीको गर्भबाट जन्मेका दशरथ राजाको छोरा तथा श्रीरामको सौतेनी भाइ जसकी रानीको नाम माण्डवी, छोराका नाम पुष्कर र तक्ष थिए,
२. महाभारतअनुसार राजा दुष्यन्तद्वारा शकुन्तलाबाट जन्माइएका ठूला पराक्रमी राजा, जसको नामबाट भारत वर्ष नाम रहेको हो । भनाइ छ-
“दुष्यन्तस्तु तदा राजा पुत्रं शाकुन्तलं यदा ॥
भरतं नामतः कृत्वा यौवराज्येऽभ्यषेचयत् ॥
(महाभारत, आदिपर्व ७४/१२६) । ३. भागवत र नारदपुराणअनुसार राजा ऋषभदेवद्वारा जयन्ती (इन्द्रकी छोरी)बाट जन्माइएका जेठा छोरा, जसको नामबाट भारत वर्ष नाम रहेको हो । यिनै पछि जडभरत कहलाए,
४. सङ्गीतशास्त्रको रचना गर्ने एक ऋषि,
५. अभिनेता,
६. शबर जाति,
७. कपडा बुन्ने/जुलाहा,
८. प्राचीनकालको उत्तर भारतको एक प्रदेश,
९. जैनीहरूको मतमा प्रथम तीर्थङ्कर ऋषभदेवका जेठा छोरा,
१०. पहाडी जङ्गली मानिस,
११.शंयुनामको अग्निको दोस्रो छोरा,
१२. भरत नामको अग्निका छोरा,
१३. अद्भुत नामको अग्निको छोरा,
१४. नाच देखाउने नटुवा १५. खेत,
१६. काँसो धातु,
१७. नाट्यशास्त्रका निर्माता ।