भावः (पुंलिङ्ग)
अर्थ−
१. हुने क्रिया वा अस्तित्व,
२. घटना,
३. अवस्थान/ हालत,
४. ढङ्ग/रीति,
५. ओहदा,
६. वास्तविकता,
७. स्वभाव,
८. विचार,
९. प्यार,
१०. अभिप्राय,
११. अर्थ,
१२. सङ्कल्प,
१३. पक्का विचार,
१४. आत्मा,
१५. मन,
१६. वस्तु/चिज,
१७. जीवधारी,
१८. भावना,
१९. हावभाव,
२०. उत्पत्ति,
२१. संसार दुनियाँ,
२२. पाठेघर,
२३. अलौकिक शक्ति,
२४. परामर्श,
२५. नाटकमा कुनै पूज्य व्यक्तिलाई गरिने सम्बोधन,
२६. नखरा,
२७. हुने क्रिया वा तत्त्व,
२८. मुखको आकृति वा चेष्टा,
२९, जन्म,
३०, विद्वान्,
३१. जन्तु,
३२. योनि,
३३. कुनै धातुको अर्थ,
३४, उपदेश,
३५. जन्म नक्षत्र,
३६. इज्जत,
३७. भाउ/मूल्य,
३८. ईश्वर वा मान्यजनप्रतिको श्रद्धा,
३९. फलित ज्योतिषअनुसार जन्मकुण्डली बनाउँदा विचार गरिने शयन उपवेशन, प्रकाशन, गमन आदि बाह्र चेष्टा मध्येको एक चेष्टा,
४०, अभिनय,
४१. साङ्ख्यअनुसार त्यस्तो पदार्थ, जुन जन्मिने, रहने, बढ्ने र अन्त्यमा मासिने हुन्छ,
४२. व्याकरणमा अकर्मक धातुबाट भाववाच्यको रूप बनाइने क्रिया,
४३. तरुनी स्त्रीका अठ्ठाईस थरीका स्वाभाविक अलङ्कारहरूमध्येको पहिलो अलङ्कार,
४४. मनमा छिपेको कुनै पनि भित्री इच्छा वा मनमा उब्जने कल्पना, जुन मनबाट उब्जेर मनमा नै बिलाउँछ । भाव मनको धर्म हुनाले शब्दद्वारा प्रकट हुन नसके पनि दृष्टान्तद्वारा केही मात्रामा प्रकट हुने गर्छ/चाकुको गुलियोपन जिभ्रोले मात्र थाहा पाए भैँ भावलाई मनले मात्र जान्न सक्छ । भनाइ छ-
“मनस्युत्पद्यते भावो मनस्येव प्रलीयते (आगमः) ॥
भावस्तु मानसो धर्मः शब्दस्य हि कथं भवेत् ॥
किञ्चिद्भावं प्रवक्तव्यं दिङ्मात्रदर्शनं यथा ॥
यथेागुणमाधुर्य जिह्वया ज्ञायते प्रभो ! ॥
तथा भावो महादेव मनसा परिभाव्यते ॥”
(निगमकल्पानन्द)
“भावः सत्ता स्वभावाभिप्रायचेष्टात्मजन्मसु ॥
क्रियालीलापदार्थेषु बुधजन्तुविभूषिते ॥
रत्यादौ च ॥
(मेदिनीकोश) । भाव देखा पर्ने ठाउँहरू - सत्तास्वभाव, चेष्टा, आत्मजन्य, जन्म, क्रिया, लीला पदार्थ (कामना गर्ने वस्तु) विद्वान्, जन्तु विभूति, रति आदि । तन्त्रशास्त्रमा उपासना गर्ने तीनथरी भाव छन् - दिव्यभाव, वीरभाव र पशुभाव / दिव्यभाव गर्नेले दिव्याचार, वीरभाव गर्नेले वीराचार र पशुभाव गर्नेले पश्वाचारका नियममा रहनु पर्छ ।