भावनः (पुंलिङ्ग)
अर्थ−
१. विष्णु भगवान,
२. शिव,
३. लिच्ची ।
भावन (विशेषण)
अर्थ−
प्रभाव वा असर पार्ने ।
भावनम् (नपुंसकलिङ्ग)
अर्थ−
१. मनमा कुनै कुराको चिन्तन गर्नु,
२. साधारण विचार वा कल्पना,
३. इच्छा / चाहना,
४. चित्तको एक संस्कार, जुन अनुभव र सम्झनाबाट पैदा हुन्छ,
५. उत्पत्ति,
६. भक्ति वा श्रद्धा,
७. ध्यान वा घारणा,
८.खोज,
९. निधो,
१०. सम्झना,
११. ज्ञान,
१२. प्रमाण,
१३. धुलो आदि कुनै सुकेको चिजलाई कुनै पन्यालो वस्तुले भिजाउनु, जसमा पन्यालो चिजको गुण वा गन्ध सर्न जान्छ,
१४. फूल वा वास आउने चिजले सजाउनु,
१५. कुनै चिजमा अर्को चिज वा गुण वा गन्ध सार्ने प्रक्रिया ।