भैरवी (स्त्रीलिङ्ग)
अर्थ−
१. डरलाग्दी,
२. बिहानमा गाइने एक रागिनी,
३. पार्वती,
४. वर्ष दिनकी वा वर्ष दिनभन्दा कम उमेरकी बालिका,
५. नदीविशेष,
६. दश महाविद्यामध्येकी एक महाविद्यादेवी । (यिनका सगुणरूपको ध्यान वा भेद अनेक छन् जसको अध्ययनका लागि विशेष तान्त्रिक ग्रन्थमा हेर्नुपर्छ) । यिनका केही नाम - ‘त्रिपुरभैरवी, चैतन्य भैरवी, भुवनेश्वर भैरवी, रुद्र भैरवी, कमलेश्वरी भैरवी, सम्पत्प्रभाभैरवी,कौलेश भैरवी, सङ्कटा भैरवी, नित्या भैरवी’ आदि ।