भैरवीचक्रम् (नपुंसकलिङ्ग)
अर्थ−
महालक्ष्मीलाई प्रधान मानेर तान्त्रिक पद्धतिद्वारा उपासना गरिने नौ कोण भएको चक्र । जसका नौ कोणमध्ये १. कोणमा ऊर्ध्वाम्नायात्मक आज्ञाचक्र,
२. कोणमा उत्तराम्नायात्मक विशुद्धि चक्र,
३. कोणमा पश्चिमाम्नायात्मक अनाहत चक्र,
४. कोणमा दक्षिणाम्नायात्मक मणिपूर चक्र,
५. कोणमा पूर्वाम्नायात्मक स्वाधिष्ठान चक्र,
६. कोणमा अधराम्नायात्मक मूलाधार चक्र,
७. कोणमा सूर्यचक्र,
८. कोणमा सोमचक्र,
९. कोणमा अग्निचक्र लेखिन्छ र कर्म सुरु गरिन्छ । यो कर्म भएको ठाउँमा छुवाछुतको बारना गर्नु नपर्ने हुँदा जगन्नाथजीमा इन्द्रद्युम्न नामका राजाले भैरवीचक्रको स्थापना गरेकाले खानपिनमा छुवाछुत बारिंदैन । यामलअनुसार - भैरवीचक्र भएको ठाउँमा सबै वर्ण ब्राह्मण समान पवित्र हुन्छन् । भैरवीचक्र नभएको ठाउँमा मात्र वर्ण भेद हुन्छ । भनाइ छ-
“प्रवृत्ते भैरवीचक्रे सर्वे वर्णा द्विजातयः ॥
निवृत्ते भैरवीचक्रे सर्वे वर्णाः पृथक्पृथक् ॥”
(यामल)