म
अर्थ−
देवनागरी वर्णमालामध्ये पवर्गको पाँचौं अक्षर । ओठ र नाकद्वारा यसको उच्चारण हुन्छ । उच्चारणमा दुबै ओठ जोडिने हुन्छ । यो स्पर्शसंज्ञक अनुनासिक वर्ण हो, यसको उच्चारणमा संवार, नाद, घोष तथा अल्पप्राण प्रयत्न हुन्छ । प - फ - ब - भ यसका सवर्ण हुन् ।
मः (पुंलिङ्ग)
अर्थ−
१. शिव,
२. चन्द्रमा,
३. ब्रह्मा,
४. यमराज,
५. समय/ काल,
६. विष,
७. विष्णु,
८. चटकसम्बन्धी चुटकुला,
९. छन्द शास्त्रमा मगणको संक्षिप्त रूप,
१०. सङ्गीतमा मध्यम स्वरलाई सूचित गर्ने शब्द ।
मम् (नपुंसकलिङ्ग)
अर्थ−
१. पानी,
२. सुख ।