संस्कृत-शब्दकोशः

मन्दयन्ती मन्दरगिरि

मन्दर

मन्दरः (पुंलिङ्ग)


निष्पत्ति− मदि (स्तुतौ) - "अरः" बाहु० ।
प्रयोग− "क्षोभैव मन्दरक्षुब्धक्षुभिताम्भोधिवर्णना"
उल्लेख− माघ० २-१०७
विस्तार− पृषतैर्मन्दरोद्धूतैः क्षीरोर्मय इवाच्युतम्" - रघु० ४-२७

अर्थ−
१. मन्दराचल पर्वत,
२. मन्दार नामको स्वर्गको रूख,
३. ऐना,
४. आठ वा सोह्र लडीको मोतीको माला वा हार,
५. स्वर्ग,
६. तीस हातको लम्बा चौडा छ पाटा परेको भवन वा दरबार,
७. एक वर्ण वृत्त, जसको प्रत्येक चरणमा एक भगण हुन्छ ।


मन्दर (विशेषण)


अर्थ−
१. लूसो / फूर्ति नभएको,
२. गाढा / बाक्लो,
३. लामो,
४. ठुलो कदको ।



Correction: