महाबला (स्त्रीलिङ्ग)
अर्थ−
१. बढेमूल,
२. नीर (रूख),
३. पीपल,
४. कार्तिकेयकी एक अनुचरी,
५. एक ज्यादै ठुलो सङ्ख्या,
६. ठुलो बलु । बलुको एक भेद । शालिग्राम निघण्टुमा साना र ठुलो गरी यसका दुई भेद छन् । अन्यत्र चार भेद छन् - साधारणतः - पहेँलो सानो फूल, सानो डल्लो फूल, काँढा हुने बोट, खस्रो पात । ‘प्रथम’ - वर्षादमा जहाँतहीं उम्रने तीन - चार फिट अग्लो सुरुमा बेथेको जस्तो तर बोट ठुलो भएपछि पात सानो हुने र पातको जोड्नीबाट पीतबलाको झैँ फूल फुल्ने, ‘द्वितीय’- पत्थरिलो कङ्कड भएको वा रहर खेतमा धेरै जसो उम्रने पुदिनाको झैँ तर चौडा पात, टुप्पामा बैजनी रङको केस्रा हुने (सानो झुप्पा लागेर फुल्ने) फूल, ‘तृतीय’ - प्रायः जताततै हुने सोझो र गाँज भएको बोट । बीचमा फराकिलो लाम्चो र किनारा काटिएको पात, कहीं कहीं सेतो भावको पाँच पङ्खडी हुने पहेँलो फूल, डल्लो सानो फूल, ‘चतुर्थ’ - खेतबारीमा उम्रने पाँच - छ फीट अग्लो बोट, झुस भएको तीन - चार फिट लामो हाँगामा चार - पाँच इञ्च चौडा किनारा काटिएको पात केस्रा धेरै भई छितरिएर छुट्टिने प्याजी रङको फूल र बीउ भएको ।