संस्कृत-शब्दकोशः

महालक्ष्मीव्रत महालया

महालय

महालयः (पुंलिङ्ग)


व्युत्पत्ति− महान् आलयः

अर्थ−
१. तीर्थ,
२. नारायण,
३. आश्विन महिनाको कृष्णपक्ष/पितृपक्ष,
४. देवमन्दिर,
५. ब्रह्मलोक । भनाइ छ-

“नभस्यस्यापरे पक्षे यत्र कन्यां व्रजेद्रविः ॥
स महालयसंज्ञःस्याद् गजच्छायाह्वयस्तथा ॥”

(आख्यातचन्द्रिका) । महालय श्राद्धका ६ भेद छन्- १) आश्विनकृष्ण प्रतिपदादेखि आश्विन शुक्लप्रतिपदासम्म १६ दिन गरिने,
२) आश्विनकृष्णप्रतिपदादेखि औँसीसम्म १५ दिन गरिने,
३) पञ्चमीदेखि चतुर्दशीलाई छोडेर औँसीसम्म १० दिन गरिने,
४) अष्टमीदेखि चतुर्दशीलाई छोडेर औँसीसम्म ७ दिन गरिने,
५) दशमीदेखि चतुर्दशीलाई छोडेर औँसीसम्म ५ दिन गरिने,
६) चतुर्दशीलाई छोडेर मृततिथि एक मात्र तिथिको दिन गरिने । भनिएको छ- ‘महालयः १) तत्र षट्पक्षाः - कृष्णप्रतिपदादिशुक्लप्रतिपदान्त, षोडशदिनपक्षः,
२) प्रतिपदादिदर्शान्तं पञ्चदशेति पक्षः,
३) पञ्चम्यादि,
४) अष्टम्यादि,
५) दशम्यादि, चतुर्दशीवर्ज दर्शान्तम्,
६) एकतिथिः पक्षश्चेति षट् ।’
(तिथिनिर्णय) । सोह्र दिन गरिने श्राद्धका पनि तीन पक्ष छन् - १) तिथि बढ्दा आश्विन कृष्ण प्रतिपदादेखि औँसीसम्म १६ दिन गरिने,
२) भाद्रशुक्लपूर्णिमा औँसीसम्म १६ दिन गरिने,
३) आश्विनकृष्णप्रतिपदादेखि आश्विनशुक्लप्रतिपदासम्म १६ दिन गरिने । ‘१.तिथिवृद्ध्या पक्षस्य षोडशदिनात्मकत्वे श्राद्धवृद्धयर्थमेकः पक्षः,
२) भाद्रपूर्णिमया सहेति द्वितीयः,
३) आश्विनशुक्ल प्रतिपदा सहेति तृतीयः ।’
(हेमाद्रि निर्णयसिन्धु) ।



Correction: