माल्यवत् (विशेषण)
अर्थ−
माला पहिरेको ।
माल्यवान् (पुंलिङ्ग)
अर्थ−
१. सुकेतुको छोरो एक दैत्य,
२. नीलगिरिको दक्षिण, निषधको उत्तर पूर्वबाट पश्चिमतिर पाँच हजार योजन फैलेको पर्वत । यो किष्किन्धाको अर्कोतिर विजयनगर, हम्पी र हास्पसबाट केही पर छ । यो किष्किन्धाको अर्कोतिर छ । यसबाट कावेरी नदी निस्केको छ । भनाइ छ-
“दक्षिणेन तु नीलस्य निषेधस्योत्तरेण तु ॥
प्रागायतो महाभाग ! माल्यवान्नाम पर्वतः ॥
(महाभारत, भीष्मपर्व)
“योजनानां सहस्राणि पञ्चषण्माल्यवानथ ।”