मुखम् (नपुंसकलिङ्ग)
अर्थ−
१. शिरको अगाडिपट्टिको भाग जसमा आँखा, नाक, कान, निधार, गाला, दुई चिउँडो आदि हुन्छन्,
२. प्राणीहरूको दुई चिउँडोको बीचमा रहेको त्यो अङ्ग, जसद्वारा खाने वा बोल्ने गरिन्छ,
३. कुनै वस्तुको कुनै माथिको भाग वा खुलेको भाग,
४, साहस / हिम्मत,
५. घरको ढोका,
६. नाटक, काव्य आदिमा आरम्भ नामक अवस्था र बीजनामक अर्थप्रकृतिको योग भएको स्थल,
७. आदि/उठान,
८. नाटक,
९. नाटकको पहिलो शब्द,
१०. आवाज,
११. वेद,
१२. चराको ठुँड,
१३. जीरा,
१४. बडहर,
१५. दूधको मुन्टो,
१६. दिशा,
१७. भूमिका,
१८. साधन । मुख सामुन्नेको- ‘परिमुख’ (वि.)/‘परिमुखी’ (स्त्री.) ।