मुण्डः (पुंलिङ्ग)
अर्थ−
१. खौरेको वा रौँ नभएको टाउको भएको मानिस/ मुडुलो,
२. टाउको,
३. खौरेको वा रौँ नभएको टाउको,
४. नाउ/हजाम,
५. हाँगो काटिएको रूख,
६. शरीरबाट काटिएको टाउको,
७. राहुग्रह,
८. मुण्डकोपनिषद्,
९. हीरा बोल नामको सुगन्धित वस्तु,
१०. गाईहरूको बथान,
११. मण्डूर,
१२. बलिराजाको एक सेनापति दैत्य ।
मुण्ड (विशेषण)
अर्थ−
१. कपाल खौरेको,
२. टुप्पो वा टाउको काटिएको,
३. नीच / अधम ।
मुण्डम् (नपुंसकलिङ्ग)
अर्थ−
१. टाउको,
२. फलाम ।