मुनिः (पुंलिङ्ग)
अर्थ−
१. सातको सङ्ख्या,
२. आँपको रूख,
३. बुद्ध भगवान्,
४. वेदव्यास,
५. अगस्त्य ऋषि,
६. दमनाफूल,
७. अगस्तिको रूख,
८. पलाश,
९. चिरौँजी,
१०. धर्मात्मा,
११. ईश्वर, धर्म, सत्यासत्य आदि तात्त्विक विषयमा सूक्ष्मरूपले मनन गर्ने तपस्वी पुरुष / दुःखमा दुःख नमान्ने, सुखमा सुखले नगम्किने, कुनै कुराको पनि आसक्ति डर र रिस नभएको स्थिर चित्त भएकालाई मुनि भनिन्छ ।