संस्कृत-शब्दकोशः

मूष् मृ

मूसली

मूसली (स्त्रीलिङ्ग)


अर्थ−
आधा फुटदेखि दुई फुटसम्म अग्लो हुने बोट । यसको जुनेलोको जस्तो केही बाक्लो र केही कालो पात हुन्छ । तल्लो डाँठमा प्याजको झैँ अनेक बोक्रा हुन्छन् । वर्षा ऋतुमा बीचबाट एक मसिनो डाँठ निस्कन्छ र त्यसमा छ पंखुडीको सेतो फूल फुल्छ । सुकुमेल जस्तो तीन पाटे फल लाग्छ, जसमा कालो थ्याप्चो बियाँ रहन्छ । छिपिएपछि पात पहेँलिएर झर्छन् । मङ्सिरमा बोट सुकेको हुन्छ । मूसलीका चार भेद छन् - सानो मूसली, ठुलो मूसली, सेतो मूसली र कालो मूसली । यीमध्ये सानो मूसलीका पात, बोट साना हुन्छन् । यो सेतो मूसलीको छाँटको देखिन्छ । यसको गानु आधा देखि एक इञ्चसम्मको हुन्छ । सेतो मूसली र ठुलो मूसलीको पात एकनासको हुन्छ, सेतो मूसलीको गानु तीन देखि पाँच इन्च लामो र ठुलो मूसलीको गानु आधा फुटदेखि १ फूटसम्म लामो हुन्छ । ती चारवटै मूसलीको गानुको रङ सेतोपनको कैलो हुन्छ । कालो मुसलीको कन्द सानो सानो हुन्छ । (अ.बू.द) ।



Correction: