म्लेच्छः (पुंलिङ्ग)
अर्थ−
१. पापी वा दुष्ट मानिस,
२. जातिच्युत मानिस,
३. ययाति राजाका छोरा अनुको सन्तान,
४. गाईको मासु खाने संस्कृत भाषा नजान्ने, वर्णाश्रम धर्मअनुसार आचार नगर्नेलाई म्लेच्छ भनिन्छ । ‘अनोस्तु म्लेच्छजातयः’ (महाभारत, आदिपर्व) ।
“गोमांसखादको यस्तु विरुद्धं बहु भाषते ।। सर्वाचारविहीनश्च म्लेच्छ इत्यभिधीयते ।।” (बौधायन) ।
म्लेच्छम् (नपुंसकलिङ्ग)
अर्थ−
तामो धातु ।
हेरौँ- म्लेच्छ् धातु
हेरौँ- म्लेच्छ् धातु