यमकम् (नपुंसकलिङ्ग)
अर्थ−
१. शब्दालङ्कारको एक भेद । (आफैमा कुनै अर्थ नभएका, यद्वा अर्थ भएमा) फरक अर्थ भएका स्वर र व्यञ्जनका समूहको क्रमैले त्यसै क्रमबाट आवृत्ति हुनु यमक अलङ्कार हो ।
“सत्यर्थे पृथगर्थायाः स्वरव्यञ्जनसंहतेः ।। क्रमेण तेनैवावृत्तिर्यमकं विनिगद्यते ।।” (साहित्यदर्पण) २. एक वर्णवृत्त जसका प्रत्येक चरणमा एक नगण तथा दुई लघुमात्राहरू हुन्छन्,
३. कपडाको दोहोरो पट्टी ।
यमकः (पुंलिङ्ग)
अर्थ−
१. यमराज,
२. संयम,
३. जुम्ल्याहा बालक ।