संस्कृत-शब्दकोशः

यभ् यमक

यम

यमः (पुंलिङ्ग)


निष्पत्ति− यम (उपरमे) - वा "अप्" (३-३-६३)
विस्तार− अहिंसा, अस्तेयम्, सत्यम्, ब्रह्मचर्यम्, अपरिग्रहः

अर्थ−
१. सातवटा पितृहरूमध्ये एक,
२. यमराज,
३. जुम्ल्याहा बच्चा,
४. जोडामध्ये वा दुईमध्ये एक,
५. दक्षिण दिशाको दिक्पाल,
६. दुईको सङ्ख्या,
७. विष्णु,
८. वायु,
९. शनि,
१०. कौवा/काक/काग,
११. सौर्यमण्डलमा पर्ने एक ग्रह । यो सूर्यबाट ६८७२० लाख किलोमिटर दूरीमा छ । यसको व्यास ५७६० किलोमिटर छ । यसलाई सूर्यको परिक्रमा गर्न हाम्रो वर्ष गणनाअनुसार २८४ वर्ष लाग्छ । यसको उपग्रह छैन,
१२. अष्टाङ्ग योगमध्ये इन्द्रियलाई वशमा राख्दै चित्तलाई धर्म वा ईश्वरमा अटल राखिने कर्मको वा योगको साधन वा पहिलो अवस्था, जसका अङ्गहरू मतमतान्तर हुन जाँदा पाँच, दश वा बाह्र छन् । पाँच अङ्गहरू - अहिंसा, सत्य, अस्तेय, ब्रह्मचर्य र अपरिग्रह । दश अङ्गहरू - ब्रह्मचर्य, दया, क्षान्ति (दुःख वा कठोर वचन सहनु) दान, सत्य, अकल्कता (पवित्रता), अहिंसा, अस्तेय (छल चोरी आदिले अरूको धन नलिनु), माधुर्य (मिठो बोली वा अहङ्कार शून्य विचार) र मार्दव (बोली काम कुरोमा नरमपन) । अथवा आनृशंस्य (क्रूरपन नहुनु), दया, सत्य, अहिंसा, शान्ति, आर्जव (सिधापन), प्रीति, प्रसाद (मानसिक आनन्द), माधुर्य र मार्दव । मतान्तरमा - अहिंसा, सत्य, अस्तेय, ब्रह्मचर्य, दया, सरलता, क्षमा, धैर्य, परिमित भोजन र शुद्धता यी दश,
१३. यम (वर्ण) - प्रातिशाख्यअनुसार क्, ख्, ग्, घ्-देखि पर, जुन यिनै जस्ता अक्षरहरू छन्, यिनलाई यम भनिन्छ – जस्तै- पलिक्कनी, चख्ख्जतुः, अग्ग्नि, घ्घ्नन्ति आदि ।

“अहिंसासत्यास्तेयब्रह्मचर्यापरिग्रहा यमाः ।।

“अहिंसा सत्यवचनं ब्रह्मचर्यमकल्कता ।। अस्तेयमिति पञ्चैते यमाख्यानि व्रतानि च ।। ब्रह्मचर्यं दया क्षान्तिर्दानं सत्यमकल्कता ।। अहिंसास्तेयमाधुर्यं दमश्चेति यमाः स्मृताः ।। आनृशंस्यं दया सत्यमहिंसा क्षान्तिरार्जवम् ।। प्रीतिः प्रसादो माधुर्यं मार्दवं च यमा दश ।। अहिंसा सत्यमस्तेयं ब्रह्मचर्य दयार्जवम् ।। क्षमा धृतिर्मिताहारः शौचं चेति यमा दश ।।” (देवीभागवत) ।


यमम् (नपुंसकलिङ्ग)


अर्थ−
जोडी/युगल ।


हेरौँ- यम् धातु


हेरौँ- यम् धातु



Correction: