युगाद्या (स्त्रीलिङ्ग)
अर्थ−
माघकृष्ण औँसी, भाद्रकृष्ण त्रयोदशी, वैशाखशुक्ल तृतीया र कार्तिकशुक्ल नवमी । यी चार तिथिलाई क्रमैले कलि, द्वापर, त्रेता र सत्ययुगका आरम्भका तिथि मानिन्छ ।
“माघे पञ्चदशी कृष्णा नभस्ये च त्रयोदशी ।। तृतीया माधवे शुक्ला, नवम्यूर्जे युगादयः ।।”