योगः (पुंलिङ्ग)
अर्थ−
१. एक वस्तुको अर्को वस्तुसँगको जोड/मिलान,
२. उपाय,
३. ध्यान,
४. प्रेम,
५. छल / धोखा,
६. प्रयोग,
७. ओखती,
८. धन,
९. लाभ / फाइदा,
१०.न्यायशास्त्रको विशेषज्ञ,
११. चेवा / गुप्तचर,
१२. नाम,
१३. चलाखी,
१४. बैलगाडा,
१५. नतिजा,
१६. काइदा/नियम,
१७. धोखेबाज,
१८. डुङ्गाको सवारी,
१९. साम, दाम, दण्ड, भेद यी चार उपाय,
२०. वश पार्नु,
२१. सम्बन्ध,
२२. सूत्र,
२३. धन सम्पत्ति बढाउने,
२४. असल समय,
२५. वैराग्य,
२६. मेलमिलाप,
२७. गणितमा दुई वा धेरै सङ्ख्याको जोड,
२८. छन्दको चरण,
२९. एक छन्द, जसको प्रत्येक चरणमा बाह्र - आठको विश्रामबाट, बीस मात्राहरू र अन्त्यमा यगण हुन्छ,
३०.सुबिस्ता,
३१. फलित ज्योतिषमा त्यस्तो विशेषकाल/ सूर्य वा चन्द्रमा कुनै विशेष ठाउँमा आउँदा हुन जाने विष्कुम्भादियोग । यी सत्ताइस छन् - विष्कुम्भ, प्रीति, आयुष्मान्, सौभाग्य, शोभन, अतिगण्ड, सुकर्मा, धृति, शूल, गण्ड, वृद्धि, ध्रुव, व्याघात, हर्षण, वज्र, सिद्धि, व्यतीपात, वरीयान्, परिघ, शिव, सिद्धि, साध्य, शुभ,शुक्ल, ब्रह्म, ऐन्द्र र वैधृति,
३२.फलित ज्योतिषको मतमा कुनै विशिष्ट तिथि, वार, नक्षत्र आदि एक साथ वा कुनै निश्चित नियमअनुसार पर्न जाने आनन्दादि योग, जुन अट्ठाइस छन्,
३३. शत्रुको लागि गरिने यन्त्र, मन्त्र, पूजा, छल, कपट आदि उपाय,
३४. मोक्षको उपाय,
३५. समाधि,
३६. चित्तवृत्तिलाई ईश्वर, आत्मा वा कुनै एक कुरामा मिलाउने वा अडाउने क्रिया । जीवात्मालाई परमात्माको साथमा मिलाउनु, जब इन्द्रिय, मन, बुद्धि अविचल रूपले आत्मामा मिल्न जान्छ, तब त्यस्तो स्थिर इन्द्रिय धारणालाई योग भनिन्छ,त्यस बखत पुरुष प्रमादरहित हुन जान्छ किनकि योग नै उत्पत्ति र नाशको कारण हो । महाभारतमा बाह्र योगको विशेष वर्णन छ- देशयोग, कर्मयोग, अनुरागयोग, अर्थयोग, उपाययोग, अपाययोग, निश्चययोग, चक्षुर्योग, आहारयोग, संहारयोग, मनोयोग, दर्शनयोग । उपर्युक्त योगबाहेक अरू पनि योगका अनेक नाम छन्, जसमध्ये केही तल दिइएका छन् - मन्त्रयोग, स्पर्शयोग, भावयोग, अभावयोग, महायोग, लययोग, राजयोग, राजाधिराजयोग, भक्तियोग, ज्ञानयोग, हठयोग, ध्यानयोग,समाधियोग र नादयोग । ‘योगश्चित्तवृत्तिनिरोधः’ (पातञ्जलयोगसूत्र) ।
“संयोगो योग इत्युक्तो जीवात्मपरमात्मनोः ।। स योग इति मन्यन्ते स्थिरामिन्द्रियधारणाम् ।।अप्रमत्तस्तदा भवति योगो हि प्रभवाप्ययौ ।।” (कठोपनिषद्)
“छिन्नदोषो मुनिर्योगान् युक्तो युञ्जीत द्वादश ।। दशकर्मानुरागार्थैरुपायापायनिश्चयैः ।। चक्षुराहारसंहारैर्मनसा दर्शनेन च ।।” (महाभारत, शान्तिपर्व)
“ऐक्यं जीवात्मनोराहुर्योगं योगविशारदाः ।।” (देवीभागवत, देवीगीता)