लक्षणामूला व्यञ्जना (स्त्रीलिङ्ग)
अर्थ−
लक्षार्थ बुझिएपछि प्रतीति हुने व्यञ्जनाको एक भेद । अर्थात् व्यञ्जना दुई किसिमको हुन्छ । अभिधामूला र लक्षणामूला । जसको प्रतीतिभन्दा पहिले लक्षणा आउँछ, अर्थात् लक्षणाले लक्ष्य अर्थ बुझाएपछि अनि मात्र व्यङ्ग्य अर्थ बुझिन्छ । त्यही व्यङ्ग्य अर्थ बुझाउने व्यञ्जना व्यापारलाई लक्षणामूला व्यञ्जना भनिन्छ । यो दुई किसिमको हुन्छ- अगूढव्यङ्ग र गूढव्यङ्ग ।