लक्ष्मणः (पुंलिङ्ग)
अर्थ−
१. सुमित्राको गर्भबाट उत्पन्न दशरथ राजाका छोरा । यिनकी पत्नीको नाम उर्मिला, छोराहरूको नाम अङ्गद र चित्रकेतु, भाइको नाम शत्रुघ्न, सौतेनी दाजुको नाम रामचन्द्र र भरत हो,
२. दुर्योधनको एक छोरा,
३. नाग,
४. सारस चरो ।
लक्ष्मण (विशेषण)
अर्थ−
१. लक्षण भएको,
२. भाग्यवान्,
३. हर किसिमले भरिपूर्ण भएको ।
लक्ष्मणम् (नपुंसकलिङ्ग)
अर्थ−
१. नाम,
२. चिह्न,
३. लक्ष्मणकन्द ।